कैलाली । कैलालीमा एक प्राध्यापक पक्राउ परेका छन् । जिल्लाको धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) का ३३ वर्षीय प्राध्यापक डिल्लीराज भण्डारी शनिवार पक्राउ परेका हुन् ।
होटेल व्यवस्थापनतर्फका संयोजक समेत रहेका भण्डारीले शैक्षिक भ्रमणबाट फर्किदा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा भण्डारीलाई नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको छ । एकेडेमीमा सो विषयलाई लिएर विद्यार्थी र प्राध्यापकहरूका बिचमा विवादसमेत भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्व्यवहार गरेको आरोप छ । आज सो सम्बन्धमा छलफल गरिने कैलाली प्रहरीले जनाएको छ ।
Leave a Reply