Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । आज (शनिबार) बिहान वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारका क्रममा वीरगञ्ज महानगरपालिकाको अठराहा सुगौलीका ४५ वर्षीया पुरुषको शनिबार बिहान मृत्यु भएको थियो।

    मृत्युपछि संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणीकै प्रयोगशालामा पठाइएको उनको स्वाबमा कोरोना पोजेटिभ देखिएको हो ।



    शनिबार दिउँसो आएको रिपोर्टमा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।



    उनको स्वास्थ्यमा समस्या आएपछि उनका परिवारले आजै नारायणी अस्पतालमा ल्याएर भर्ना गराएका थिए।

    १० दिनदेखि ज्वरो र खोकीले ग्रस्त उनमा शनिबार बिहान अचानक श्वास फेर्न गाह्रो भएको अस्पतालमा ल्याउनेवित्तिकै उनको मृत्यु भएको बताइएको छ ।

    योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार