Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • अख्तियारका हरेक छानविनमा सरकारको पूर्ण साथ रहनेछ : प्रधानमन्त्री

    अख्तियारका हरेक छानविनमा सरकारको पूर्ण साथ रहनेछ : प्रधानमन्त्री

    भ्रष्टाचारका विरूद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छ

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 474
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न कालखण्डमा भएका सबै साना तथा ठूला भ्रष्टाचारजन्य घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको पनि बताए ।



    प्रधानमन्त्री दाहालले क्रिप्टोकरेन्सी कारोबारी, हुन्डी कारोबारी, सुन तस्कर र सहकारीलगायतका क्षेत्रमा भएका ठगीलाई कारबाहीको दायरामा ल्याएको भन्दै सेवा प्रवाहमा देखिएका विकृति, विसंगति, ढिलाइ, अनियमितता नियन्त्रण गरी सार्वजनिक सेवा प्रवाहमा जनताले भोग्नुपरेको सास्ती हटाउन सरकार लागिरहेको दावी गरे ।



    प्रधानमन्त्री दाहालले भ्रष्टाचारलाई निर्मम तवरले अन्त्य नगरी देशको समग्र विकासको परिकल्पना गर्न नसकिने भन्दै सार्वजनिक निकायहरूमा पारदर्शिता र जन उत्तरदायित्वको संस्कार विकास गर्न ढिलाइ भइसकेको बताएका छन् ।

    उनले भने–‘राज्यका सबै सार्वजनिक निकायहरूलाई बढी जिम्मेवार र जवाफदेही बनाउन नवीन प्रविधिको विकास र उपयोग गर्नुपर्छ । सार्वजनिक तथा निजी क्षेत्रमा समेत सदाचारिताको आधारशीला विकास गर्न राष्ट्रिय सदाचार नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।’

    भ्रष्टाचारका विरूद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका उनले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनमा समसामयिक सुधार गरी यसै वर्षभित्र नयाँ ऐन संसदबाट पारित गराउन सरकारको तर्फबाट आवश्यक प्रयास हुने प्रतिवद्धतासमेत जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार