Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अख्तियारलाई प्रधानमन्त्रीले भने – भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई अनुसन्धान गर्नू, सरकारको साथ छ

    अख्तियारलाई प्रधानमन्त्रीले भने – भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई अनुसन्धान गर्नू, सरकारको साथ छ

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 624
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै प्रशंसा गरे । । उनले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।



    भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेकोसमेत उनको भनाई छ ।

    “माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन,” प्रधानमन्त्री प्रचण्डले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार