Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सङ्घीय निजामती सेवा विधेयक,पेचिला विषय अझै सुल्झिएनन्

    सङ्घीय निजामती सेवा विधेयक,पेचिला विषय अझै सुल्झिएनन्

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 399
    SHARES

    काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई सरकारले संसद्मा दर्ता गर्ने तयारी गरे पनि पेचिलो बनेका मस्यौदाका कतिपय विषय भने अहिले पनि यथावत् नै छन् ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदामा यसअघि सरोकारवालासँग छलफल गरे पनि कतिपय विषय अहिले झनै पेचिलो बन्दै गएका छन् ।



    यसअघि २०७६ सालमा विधेयकको मस्यौदा संसद्मा दर्ता हुँदा सहमति हुन नसकेका कतिपय विषय अहिले पनि यथावत् नै रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।



    ऐन जारी हुन जति ढिलो भयो कर्मचारीको मुद्दा झनै पेचिलो बन्दै गएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले संसद्मा विधेयकको मस्यौदा दर्ता गरेपछि नमिलेका र मिलाउन बाँकी विषय संसद्ले मिलाएर ऐन छिट्टै जारी गर्नुपर्ने बताए ।

    उनले विधेयकको मस्यौदा अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेकाले उक्त कार्यालयबाट मस्यौदा प्राप्त हुनेबित्तिकै आफूहरूले संसद्मा दर्ता गर्ने बताए ।

    निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा पेचिलो बनेका विषयलाई संसद्ले छलफल गरी निकास निकाल्नुपर्ने बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार