Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना निको हुनेको संख्या १७ हजार नाघ्यो, हालसम्म १०२ जनाको मृत्यु

    कोरोना निको हुनेको संख्या १७ हजार नाघ्यो, हालसम्म १०२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार २०१ जना उपचारपछि निको भएका छन्।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङका क्रममा उक्त जानकारी गराएका हुन् ।



    डा. गौतमका अनुसार हालसम्म प्रदेश १ मा १ हजार १०८ जना, प्रदेश २ मा ३ हजार ४४५, बागमती प्रदेशमा ६४१, गण्डकी प्रदेशमा १ हजार ५२५, प्रदेश ५ मा ४ हजार २८६, कर्णाली प्रदेशमा १ हजार ९३३ र सुदूरपश्चिम प्रदेशमा ४१६३ गरी जम्मा १७ हजार २०१ जना उपचारपछि निको भएका छन्।

    नेपालमा हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा मायादेवी गाउँपालिका–७ कपिलबस्तुका ४० वर्षिया पुरुष, विरगञ्ज महानगरपालिका–१२ पर्साका ६० वर्षिया पुरुष र जनकनन्दनी गाउँपालिका–४ धनुषाका ५० वर्षिया पुरुषको निधन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार