Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सामाजिक न्याय सुनिश्चित गर्न ईः को नेतृत्व लुम्बिनी–सिंहदबार पैदलयात्रा

    सामाजिक न्याय सुनिश्चित गर्न ईः को नेतृत्व लुम्बिनी–सिंहदबार पैदलयात्रा

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 687
    SHARES

    काठमाडौं । अभियन्ता ईः को नेतृत्व लुम्बिनीदेखि सिंहदबारसम्म पैदलयात्रा हुने भएको छ ।

    बेरोजगारी, आर्थिक–सामाजिक असमानता र कुण्ठित भएको मौलिक हक अधिकारका लागि सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यसहित माघ २८ गतेदेखि फागुन ७ गतेसम्म लुम्बिनी–सिंहदरबार पैदलयात्रा हुने भएको हो ।



    सो पैदलयात्रा अभिायनको उद्देश्य देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवम् गरीबलाई बिना अध्ययनबिकल्प विस्थापन नगरी कानुन र संविधानको मर्म परिधिभित्र बस्न निर्देशन दिने, पालिकाहरुलाई गरीबको संरक्षण गर्न आवश्यक, तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापनसम्बन्धी, संघीय ऐनको सिर्जना तथा भएका कानुनी प्रवधानको सबलीकरण गर्ने लगायत रहेका छन् ।



    अभियन्ता ईः ले सो पैदलयात्रामा सहभागी हुन सबैलाई अनुरोध समेत गरेका छन् । माघ २८ गते सुरु हुुने पैदलयात्रा माघ २९ गते सुनवल रामनगर, फागुन १ गते दुम्कीबास, फागुन २ गते दलदले, फागुन ३ गते चितवन रामनगर, फागुन ४ गते कुरिनटार, फागुन ५ गते गजुरी, फागुन ६ गते नौबिसे र फागुन ७ गते काठमाडौँ सिंहदबार आइपुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार