Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कप्तान रोहितले एकै ओभरमा लिए दुई विकेट

    कप्तान रोहितले एकै ओभरमा लिए दुई विकेट

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 660
    SHARES

    काठमाडौं । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालविरुद्ध आक्रामक शुरूआत गरेको क्यानडालाई चौथो झड्का लागेको छ ।

    क्यानडाको तेस्रो र चौथो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् ।



    उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस कीर्तनलाई २० रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् ।



    निकोलस कीर्तनले पेभेलियन फर्किनुअघि २९ बलमा दुई चौका हिर्काएका थिए ।

    त्यसअघि उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान परगत सिंहलाई ३८ रनको व्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराए । परगतले पेभेलियन फर्किनुअघि ३८ बलमा ६ चौका हिर्काएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार