Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ

    प्रधानमन्त्री प्रचण्डले भने – कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 513
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने बताएका छन् ।

    नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । उनले व्यापार प्रवर्द्धन लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए ।



    आफूले तेस्रो पटक सरकारको नेतृत्व गरेपश्चात् नेपाल–चीनबिचको अन्तर्देशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उनको भनाई छ ।



    प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार