काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानडाविरूद्ध बलिङ गरिरहेको नेपालले दोस्रो सफलता हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको क्यानडाले दुई विकेट गुमाएको हो ।
उसका दुवै ओपनर पेभेलियन फर्केका छन् । दोस्रो विकेटका रुपमा ओपनर आरोन जोनसन २२.२ ओभरमा ६५ रन बनाउँदा रन आउट भए । पहिलो विकेट आकाश चन्दले लिएका थिए ।
उनले नवनित डालिवाललाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गरे । २५.४ ओभरको खेल चलिरहँदा क्यानडाले १५३ बनाएको छ।
Leave a Reply