काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आकाश चन्दले डेब्यु गरेका छन् ।
नेपाल यू-१९ क्रिकेट टोलीका तीव्र गतिका बलर चन्दले सिनियर टोलीबाट क्यानडाविरुद्ध दोस्रो खेलमा डेब्यु गरेका हुन् ।
आकाशले पहिलो खेलबाट स्पिनर ललित नारायण राजवंशीको स्थान लिँदै डेब्युको अवसर पाए ।
उनी नेपालबाट ओडीआई खेल्ने ४० औं खेलाडी बनेका छन् । उनलाई शरद भेषावकरले क्याप दिएका थिए ।
यस्तै क्यानडासँगको खेलबाट नेपाली यू-१९ का कप्तान देव खनाल र अनिल शाहले राष्ट्रिय टोलीमा पुनरागमन गर्दैछन् ।
नेपालले कुशल भुर्तेल, आरिफ शेख र रिजन ढकाललाई प्लेयिङ ११ बाहिर राखेको छ ।
यस्तो छ प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी, आकाश चन्द
Leave a Reply