Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियालाई टुंग्याउनु हो, तर परिस्थिति पेचिलो बन्दै छ : प्रधानमन्त्री

    अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियालाई टुंग्याउनु हो, तर परिस्थिति पेचिलो बन्दै छ : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 618
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सो ब्रिफिङ गरेका हुन् ।

    उनले जटिल अवस्था सिर्जना भएको बताए । मुख्यतः संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयले अवस्था जटिल बनाएको अध्यक्ष प्रचण्डको आशय थियो ।



    प्रधानमन्त्री प्रचण्ड संक्रमणकालीन न्यायलाई सहमतिमै टुंगो लगाउने अडानमा छन् । यस विषयमा उनले निरन्तर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग सम्बाद गर्दै आएका छन् ।



    तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पीडितमैत्री कानुन बनाएरमात्रै सहमति गर्ने अडानमा छन् ।

    सो विषयमा गठबन्धन दल भने सकारात्मक छन् । संसद्को यही अधिवेशनबाट टीआरसी विधेयक पारित गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार