Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कोशी प्रदेशमा मन्त्रीमण्डल बिस्तार, चार मन्त्री र दुई राज्यमन्त्री थपिए

    कोशी प्रदेशमा मन्त्रीमण्डल बिस्तार, चार मन्त्री र दुई राज्यमन्त्री थपिए

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 804
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । उनले आज थप चार मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

    यसअघि चार मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थियो । अन्तिम समयमा एक जना राज्यमन्त्री थपिएको हो । नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार स्वास्थ्य र रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।



    यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बने । कार्कीले सामाजिक विकास र्र मगरले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।



    आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भए । उनीहरु दुवै कांग्रेसका हुन् । ६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ । गठबन्धन र कांग्रेसमा विद्रोह गर्दै नेकपा एमालेको सहयोगमा असोज २७ गते कार्की मुख्यमन्त्री बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार