काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आयोजनाहरू समयमा नै सम्पन्न नहुँदा बाह्य ऋण बढ्दै गएको टिप्पणी गरेका छन् ।
मेनेजमेन्ट एसोसिएसन अफ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले सो टिप्पणी गरेका हुन् ।
उनले आयोजनाहरू ठिक ढंगले अघि नबढ्दा बाह्य ऋण बढ्दै गएको दाबी गरे ।
पुँजीगत खर्चलाई अनुशासनमा ल्याउने काम गरेको, बहुवर्षिय ठेक्काको समस्या समाधान गर्ने गरि अघि बढेको मन्त्री महतले जानकारी दिए ।
उनले निश्चित दायित्व बढ्दा आन्तरिक स्रोत र साधनले सम्बोधन गर्न कठिन भएकाले आन्तरिक ऋण बढेको बताए ।
Leave a Reply