काठमाडौं । कोशी सरकार र पहिचानवादीबीचको वार्ता आज पनि हुँदैछ ।
प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा बिहीबार भएको छलफल सकारात्मक भएपछि आज पनि वार्ता हुन लागेको हो ।
बिहीवारको वार्ता सकारात्मक रहेको दुवै पक्षले दाबी गरेका थिए ।
कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री जबेगू संयोजक तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहनेगरी वार्ता समिति बनाएको थियो ।
वार्तामा आन्दोलनरत पक्षको तर्फबाट केन्द्रसिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगू र चन्द्रकुमार चौधरी सहभागी रहेका छन् ।
उनीहरूले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दै आन्दोलन आएका छन् ।
Leave a Reply