काठमाडौं । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालका रिजन ढकालले डेब्यू खेलमा विकेट लिएका छन्।
बायाँ हाते तीव्र गतिका बलर रिजनले आफ्नो स्पेलको पाँचौ बलमा विकेट लिएका हुन् ।
नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको क्याडनाका नवनीत धलिवाललाई रिजनले ६ रनमा विकेट पछाडि आसिफ शेखबाट क्याच गराए।
त्यतिबेला क्यानडाले २.५ ओभरमा १ विकेटको क्षतिमा १९ रन जोडेको थियो।
Leave a Reply