Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • ठूलो परिमाणमा भन्सार छली भित्र्याइएको प्याज बरामद

    ठूलो परिमाणमा भन्सार छली भित्र्याइएको प्याज बरामद

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 645
    SHARES

    वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले ठूलो परिमाणमा भन्सार छली भित्र्याइएको प्याज बरामद गरेको छ ।

    वीरगन्ज महानगरपालिका-१९ स्थित अलौँ तथा ड्राईपोर्ट क्षेत्रबाट सशस्त्र प्रहरीले ५ हजार ७ सय ४० केजी प्याज बरामद गरेको हो ।



    आकस्मिक जाँच गर्ने क्रममा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौँ र बीओपी ड्राईपोर्टबाट खटिएको गस्ती टोलीले मंगलबार दुईवटा पिक अप गाडीबाट प्याज बरामद गरेको सशस्त्र प्रहरी बल कार्यालयले जनाएको छ ।



    अवैध रुपमा भन्सार छली प्रदेश २–०३–००१च६२०३ र प्रदेश २–०३–००१च५१३५ नम्बरको दुईवटा पिकअपमा लोड गरी प्याज भित्र्याउने क्रममा बरामद गरिएको बताइएको छ । प्याज र पिकअप गाडी वीरगन्ज भन्सार कार्यालय बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार