Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पाँच लाख घुससहित जितपुरसिमराका वडाध्यक्ष रंगेहात पक्राउ

    पाँच लाख घुससहित जितपुरसिमराका वडाध्यक्ष रंगेहात पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 657
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस लिइसकेको अवस्थामा बाराका एक वडाअध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

    अख्तियारको हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा जितपुरसिमरा उपमहानगरपालिकाका-३ का वडा अध्यक्ष ताराबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो ।



    वडाअध्यक्ष कार्कीले घरबाटो सिफारिस गरि भन्दै सेवाग्राहीसँग घुस लिएका थिए ।



    अनुसन्धानको सिलसिलामा वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गर्ने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टी भएपछि पाँच लाख रुपैयाँ विगो कायम गर्दै आयोगले बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार