काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र भारतका सूचना, प्रसारण, युवा मामिला तथा खेलकुदमन्त्री अनुराग ठाकुरबीच भेटवार्ता भएको छ ।
दिल्लीमा बुधबारदेखि हुन गइरहेको खेलकुदसम्बन्धी बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिप २०२४ को कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका लिम्बुले भारतीय मन्त्री ठाकुरसँग भेटघाट गरेका हुन् ।
सो क्रममा दुवै देशको युवा शक्तिलाई सदुपयोग गर्दै खेलकुदको क्षेत्रमा साझा अवसर खोज्ने विषयमा छलफल भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पहिलो पटक बिमस्टेक अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो ।
Leave a Reply