Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काेराेनाकाे सन्त्रास: काठमाडौं जिल्ला प्रशासनको १० बुँदे आदेश

    काेराेनाकाे सन्त्रास: काठमाडौं जिल्ला प्रशासनको १० बुँदे आदेश

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 3.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएपछि कडाई गर्ने निर्णय गरेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौंमा तत्काल गर्न नहुने कामको सूची सार्वजनिक गरेका हुन्।

    दाहालले सार्वजनिक गरेको आदेश विपरीत गतिविधि भए स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) अनुसार कारबाही हुने बताएका छन्।



    कोरोना संक्रमण बढ्दै जाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउन सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन भन्दै जिल्ला प्रशासनले यस्तो आदेश जारी गरेको हो। यो आदेश शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि काठमाडौं जिल्लाभर लागू हुने आदेशमा उल्लेख छ।



    निशेष गरिएका गतिविधि
    -खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न,
    -भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्व सञ्चालन गर्न,
    -दैनिक हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक गतिविधि,
    -उद्योग व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलाप,
    -चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु,
    -शैक्षिक संस्थाहरु सञ्चालन गर्न,
    -सबै प्रकारका सभा गोष्ठी तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न,
    -फुटपाथ, खुला ठाउँ र ठेला गाडा साइकल सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न,
    -उद्योग व्यवसाय सञ्चालका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसार पसार गर्न,
    -टेक वे बाहेक होटल रेष्टुराँ सञ्चालन गर्न।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार