एजेन्सी । भारतको सरकारी निकाय प्रवर्तन निर्देशालय ईडीले सम्पत्ति शुद्धीकरण मामिलामा दिल्लीका मुख्यमन्त्री अरविन्द केरीवालका मुख्य सचिवसमेत आम आदमी पार्टीका ठुला नेताको घरमा छापा मारेको छ ।
ईडीले विभव कुमार र राज्यसभाका सांसद एनडी गुप्ताको घरमा छापा मारेको हो। दिल्ली जल बोर्डमा भ्रष्टाचार मामिलामा ईडीले यो कदम चालेको बताइएको छ ।
ईडीले सम्पत्ति शुद्धीकरण मामिलामा कुमार र आपका अन्य नेताका घर र कार्यालयमा छापा मारेको हो। दिल्लीमा करिब १२ ठाउँमा छापा मारिएको बताइएको छ। केन्द्रीय एजेन्सी दिल्ली जल बोर्डको बोलपत्र आह्वानको प्रक्रियामा अनियमितताको जाँच भइरहेको छ।
सीबीआई र दिल्ली सरकारको भ्रष्टाचार विरोधी शाखा (एसीबी)को एफआईआरको आधारमा ईडीले कारबाही गरिरहेको हो ।
आरोपमा सीबीआई र एसीबीले दिल्लीको जल बोर्डका अधिकारीहरूले इलेक्ट्रोम्याग्नेटिक मिटरको आपूर्ति, जडान, परीक्षण र कमिसनका लागि ३८ करोड भारुको टेन्डर दिने समयमा एउटा कम्पनीलाई लाभ हुने गरी दिएको आरोप लगाएको छ ।
Leave a Reply