Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सदनलाई सशक्त बनाउने सत्ता पक्षको रणनीति, आवश्यक परे प्रतिरोध गर्ने तयारीमा प्रतिपक्ष

    सदनलाई सशक्त बनाउने सत्ता पक्षको रणनीति, आवश्यक परे प्रतिरोध गर्ने तयारीमा प्रतिपक्ष

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 462
    SHARES

    काठमाडौं । संसद्मा सहभागी ठूला राजनीतिक दलका शीर्ष नेतृत्वले आ–आफ्ना सांसदलाई संसदीय भूमिकामा सशक्त बन्न निर्देशन गरेका छन् ।

    सोमबारबाट शुरू भएको संसद्को हिउँदे अधिवेशनमा प्रतिपक्षीसँगै सरकार पक्षीय दलका शीर्ष नेताले समेत सांसदहरूलाई खरो रूपमा उत्रन निर्देशन दिएका हुन् ।



    प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार र आइतबार दुई दिन सांसदहरूलाई प्रशिक्षण दिँदै सरकारले संसद्मा ल्याउने विधेयकलगायत एजेन्डामाथि सशक्त रूपमा प्रतिरोध गर्न निर्देशन दिएका थिए ।



    सरकारबाट देश र जनताका पक्षमा काम नहुने टिप्पणी गर्दै उनले भने– सत्ता गठबन्धन केवल सत्ताकै लागि मात्रै बनेको हो । यो देश र जनतामा पक्षमा छैन । संसद्मा गठबन्धनले ल्याएका एजेन्डाहरूका विषयमा राम्रोसँग बुझेर सशक्त प्रतिरोध गर्नुस् । संसद्को पहिलो लाइनमा बसेका सांसदहरूले अरू सांसदलाई समेत नेतृत्व गर्न सक्नुपर्छ ।’

    उहाँको यो निर्देशनात्मक अभिव्यक्तिले संसद्को हिउँदे अधिवेशन पनि त्यति फलदायी हुनेमा संशय उत्पन्न भएको छ। एमालेसहित सत्ता बाहिर रहेका अधिकांश दलले सदनलाई तताउने आन्तरिक तयारी गरेका छन्। यसमा सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ त्यहीअनुसार अघि बढ्ने सरकार बाहिर रहेका दलका नेताहरूले बताएका छन्।

    प्रतिपक्ष मात्र नभई सत्ता पक्षका शीर्ष नेताहरूले समेत सदन सञ्चालनको पूर्वतयारीस्वरूप सांसदलाई तिखार्ने प्रयास गरेका छन्।

    सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बैठक अवधिभर काठमाडौं बाहिर नजान र संसद्मा आफ्नो भूमिका सशक्त बनाउन निर्देशन दिएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार