काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले चौधरीसहित तीन जनालाई सोमबार थप दुई दिनका लागि हिरासतमा राख्न अनुमति दिएको हो।
बाँसबारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यवसायी चौधरीसहित, तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र चौधरी ग्रुप चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।
सीआईबीले उनीहरुलाई गत शुक्रबार पहिलोपटक अदालतमा उपस्थित गराएको थियो। अदालतले उनीहरुमाथि छानबिनका लागि पहिलोपटक ४ दिनको म्याद दिएको थियो।
Leave a Reply