Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडाैंमा जात्रा, भेला र जुलुस गर्न नपाइने, ३ दर्जन बढी सेवा र व्यापार गर्न निषेध

    काठमाडाैंमा जात्रा, भेला र जुलुस गर्न नपाइने, ३ दर्जन बढी सेवा र व्यापार गर्न निषेध

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 4.7K
    SHARES

    काठमाडाैं । काठमाडाैं उपत्यकाभित्रका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापार/व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले खुल्ला स्थानमा मानिस भेला/जम्मा हुन, भीडभाड गर्न, सभा/जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको बताए ।



    त्यस्तै सबै प्रकारका सभा/गोष्ठी, तालिम, सेमिनार, हल/पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको दाहालले बताए । संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथ/खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापार/व्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिक/कामदार ओसारपसार तथा टेक वे बाहेक होटल/रेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ ।



    निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न आवश्यकता अनुसार प्रशासनको टोली अनुगमनमा खटिने पनि प्रजिअ दाहालले बताए । उपत्यकाका तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार