काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विकास आयोजनाहरु तोकिएको लागत र समयमा पूरा हुनैपर्ने बताएका छन् ।
मेलम्चीबाट विकास आयोजनाहरुमा दबाब अभियान सुरु गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । सभापति लामिछानेले विकास आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि ती आयोजना निर्माण गर्ने उपायसहित समाधानपत्र सरकारलाई बुझाउने बताए।
उनले २१ विकास आयोजनामा पार्टीका सांसदको नेतृत्वमा दबाब अभियान सञ्चालन गर्ने र सरकारलाई समाधानपत्र बुझाउने बताए।
दबाब यात्रामा पार्टीको भौतिक पूर्वाधार विकासका सदस्य र स्वतन्त्र विज्ञहरु पनि सहभागी हुने र अन्तिममा ती आयोजना कसरी निर्माण हुन सक्छ भन्ने विषयमा समाधान पत्र सरकारलाई बुझाउने सभापति लामिछानेको भनाइ छ।
उनले विकास आयोजनाहरु तोकिएको लागत र समयमा पूरा हुनैपर्ने भन्दै के कारणले आयोजनाहरु पूरा हुन नसकेका हुन् त्यसको खोजी गरिने बताए ।
२१ वटा आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि देशका अन्य आयोजनाहरुमा पनि दबाब दिइने उनले बताए ।
त्यसका लागि आयोजना छान्न र दबाब अभियानका लागि तयार रहन लामिछानेले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।
Leave a Reply