काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने बताएका छन् ।
शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले अरु क्षेत्रको बजेट कम गरेर भएपनि सरकारले खेल क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने बताए ।
उनले अहिलेको अवस्थामा सरकारले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गर्नुपर्ने बताए ।
क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरहेको अर्थमन्त्री महतको भनाई छ ।
Leave a Reply