काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुणकुमार चौधरीले नियमविपरीत भए आफु जग्गा फिर्ता गर्न तयार रहेको बताउका छन् ।
सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतहरुले लिएको बयानमा उनले कानुन अनुसार नभएको भए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका हुन् ।
बयानका क्रममा चौधरीले कानुनविपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) तीन महिनाको अनुसन्धान पछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीलगायत तीन जनालाई यही माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ ।
उक्त प्रकरणमा तत्कालीन च्याम्पियन फुटवयेर लिमिटेडका शेयर धनी तथा सञ्चालक अरुणकुमार चौधरीसहित तत्कालीन बाँसवारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा, च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरी म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
Leave a Reply