Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • लिदी पहिरो अपडेट : ३८ जना बेपत्ता भएको गाउँपालिकाद्वारा पुष्टि (नामसहित)

    लिदी पहिरो अपडेट : ३८ जना बेपत्ता भएको गाउँपालिकाद्वारा पुष्टि (नामसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३८ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ ।

    जुगल गाउँपालिकाले निकालेको वेपत्तामएकाहरुको सूचीमा जुगल २, लिदी लामाटोलका ३८ जनाको नाम उल्लेख गरिएको छ ।



    हालसम्म लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको छ भने गम्भिर घाइते भएका ५ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएको छ । घाइतेमध्ये चार जना चौतारा अस्पताल र एक जनालाई काठमाडौंको सिभिल हस्पिटल ल्याइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।



    शुक्रबार बिहान साढे ६ बजेतिर बस्तीमाथिको डाँडो भासिएपछि १३ घर पूरै पुरिएको र कम्तीमा ३० घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ । पहिरोबाट १५ जना भने सकुशल बाहिर निस्कन सफल भएको पनि प्रहरीले जनाएको छ ।

    जुगल गाउँपालिकाका अनुसार पहिरोमा परी बेपत्ता हुनेहरुको नामावली यसप्रकार रहेको छ ।

    १. छविलाल दोङ
    २. सोमरानी दोङ
    ३. धनलक्ष्मी दोङ
    ४. शिरमाया दोङ
    ५. विवरानी दोङ
    ६. साहिँली दोङ
    ७. बिबी लक्ष्मी दोङ
    ८. सानुकान्छा दोङ
    ९. साङलामो दोङ
    १०. नाम दोङ
    ११. हिरा भक्ति दोङ
    १२. जीते झाँक्री दोङ
    १३. सानुकान्छी दोङ ९गर्भवती०
    १४. दिन्दुस दोङ
    १५. सुरज दोङ
    १६. करेसमाई दोङ
    १७. च्यामा दोङ
    १८. सानु दोङ
    १९. टीकामाया दोङ
    २०. छिरिङ दोङ
    २१. मानबहादुर दोङ
    २२. जयबहादुर दोङ
    २३. प्रिया दोङ
    २४. प्रीति दोङ
    २५. कान्छी दोङ
    २६. सानुकान्छी दोङ
    २७. वाङ्ची लामा दोङ
    २८. धनमाया तामाङ दोङ
    २९. रेनिस दोङ
    ३०. मेकमाया दोङ
    ३१. मिलन दोङ
    ३२. विमला दोङ
    ३३. माइला पराङ
    ३४. प्रकाश दोङ
    ३५. साइली दोङ
    ३६. आयुश दोङ
    ३७. सुवास तामाङ
    ३८. टीकामाई दोङ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार