Online Nepal
  • बुधबार, २ माघ २०८१
  • आईसीसी यू–१९ विश्वकप

    बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित, सुवासले लिए पाँच विकेट

    बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित, सुवासले लिए पाँच विकेट

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 999
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सअन्तर्गत बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

    बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।



    बंगलादेशको जितमा अरिफुल इस्लामले अविजित ५९ रन बनाए । उनले ३८ बलमा सात चौका र दुई छक्का प्रहार गरे । जिसान आलमले ४३ बलमा ६ चौका र दुई छक्कासहित ५५ रन थपे । असिकुर रहमानले १६, चोधुर मोहम्मद रिजवानले १५ र अहरार अमिनले १२ रन जोडे ।

    नेपालका लागि पाँचै विकेट सुवास भण्डारीले लिए । आठ ओभर बलिङ गरेको सुवासले ४४ रन खर्चिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।

    बंगलादेशविरुद्ध निरिह देखिएको नेपाली ब्याटिङमा विशालविक्रम केसी र कप्तान देव खनालबाहेक अरुले उल्लेख्यनीय योगदान पुर्‍याउन सकेनन् । नेपालले अब सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार