काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले बंगलादेशका चार विकेट झारेको छ ।
चारवटै विकेट सुवास भण्डारीले लिएका हुन् । नेपालले २२ ओभरको समाप्तिमा बंगलादेशका चार विकेट लिएको हो ।
बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य पछ्याइरहेको छ ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९।५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।
Leave a Reply