Online Nepal
  • बुधबार, २ माघ २०८१
  • आईसीसी यू–१९ विश्वकप

    सुवास एक्लैले लिए बंगलादेशको तीन विकेट

    सुवास एक्लैले लिए बंगलादेशको तीन विकेट

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत बंगलादेशविरुद्ध नेपालका सुवास भण्डारीले तीन विकेट लिएका छन् । सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालका भण्डारीले तीन विकेट हात पारेका हुन् ।

    उनले अशिक्वार रहमान शिविललाई पहिलो विकेटका रुपमा गुलशन झाको हातबाट क्याच आउट गराए। रहमान ३४ बलमा १६ रन बनाएको अवस्थामा पवेलियन फर्किए।



    त्यस्तै सुवासले नै तेस्रो क्रममा छ्वाधुर रिजवानलाई ११ बलमा १५ रन बनाएको अवस्थामा विपिन रावलबाट आउट गराउन सफल भए।

    सुवासकै बलमा कप्तान देव खनालले बंगलादेशका अर्का ओपनर जिसम आलमलाई आउट गराए । आलमले ४३ बलमा ५५ रनसहितको अर्धशतकीय पारी खेलेका थिए ।

    बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य पछ्याइरहेको छ । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार