काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा गुल्सन झा आउट भएका छन्।
गुल्शन झा पाँचौ र दीपक बोहरा छैटौं विकेटका रुपमा व्यक्तिगत समान ३ रनमा आउट भएका हुन्। दुवै जना शेख पवेज जिवोनको बलमा बोल्ड भए ।
यससँगै नेपालले छैटौं विकेट गुमाएको छ। उनी आउट हुँदा नेपालले ३४.४ ओभरमा ५ विकेटको क्षतिमा १२१ रन जोडेको थियो।
दुई ओभरपछि दिपक बोहरा पनि ३ रनमै आउट भए। चौथो विकेटको रुपमा कप्तान देव खनाल ३५ रन जोडेर आउट भएका छन्।
उनले विशाल विक्रम केसीसँग चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे। २७.४ ओभरमा आउट भएका देवले ६० बलमा ३ चौका हिर्काए।
त्यसअघि तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएका थिए। आकास त्रिपाठी ३ रन र ओपनर विपिन रावल २ रनमा आउट भएका थिए।
Leave a Reply