काठमाडौं । आईसीसी यू-१९ विश्वकपअन्तर्ग सुपर सिक्सको पहिलो खेलमा नेपालले खराब प्रदर्शन गरेको छ।
३० ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर एक सय रन कटाएको छ। विशाल विक्रम केसी २९ रनमा खेलिरहेका छन्।
पावरप्लेमा तीन विकेट गुमाएको नेपालले त्यसपछि सम्हालिएर खेलेका थिए।
तर, २७औं ओभरमा कप्तान देव खनाल पेभेलियन फर्किएका छन्। कप्तान खनाल ३५ रन बनाएर आउट भएका हुन्।
त्यसअघि अर्जुन कुमाल १४, विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमै पेभेलियन फर्किएका थिए।
नेपालले दोस्रो खेल भारतसँग खेल्नेछ। सुपर सिक्समा नेपालको खेल औपचारिकमात्र हुने भएको छ।
भारत र पाकिस्तान यसअघि नै नेपाल सम्मिलित समूहबाट सेमिफाइनल पुगेका छन्।
Leave a Reply