Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • सरकारको जनमुखी कदमले गणतन्त्रप्रति भरोसा बढाएको छ : प्रधानमन्त्री प्रचण्ड

    सरकारको जनमुखी कदमले गणतन्त्रप्रति भरोसा बढाएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 453
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमले गणतन्त्रप्रति भरोसा बढाएको बताएका छन् ।

    नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले जनतामा ‘अब चाँहि केही हुन्छ’ भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धी मान्नुपर्ने बताए।



    चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसबीचमा इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू अघि बढाएको बताए।

    प्रधानमन्त्री प्रचण्डले भने,‘सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भीकतापूर्वक गरिएको कारबाही सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ।’

    प्रचण्डले सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको बताए।

    प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका सरकार प्रतिबद्ध रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार