काठमाडौं । कालीकोटको महाबै गाउपालिका–३ मा गएराति गएको पहिरोमा परी मृत्यु भएका ६ जना बालबालिकाको सनाखत भएको छ ।
पहिरोमा परी मृत्यु हुनेमा स्थानीय रजबहादुर विष्टका ४ छोराछोरी र उनका दाजु डिलबहादुर विष्टका २ छोरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाका अनुसार मृत्यु हुनेमा रज विष्टका १३ वर्षका छोरा पुष्प, ११ वर्षका प्रविण, १८ वर्षीया सविना, १५ वर्षीया छोरी आशा विष्ट रहेका छन् ।
त्यस्तै, डिलबहादुर विष्टकी १३ वर्षकी छोरी शान्ति र १९ वर्षीया रेखा विष्टको पहिरोमा परेर मृत्यु भएको डिएसपी ओलीयाले जानकारी दिए ।
Leave a Reply