Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बैकिंङ कसुरको मुद्दामा फरार ठेकेदार भेटवाल पक्राउ

    बैकिंङ कसुरको मुद्दामा फरार ठेकेदार भेटवाल पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौं भ्यु टावरका सञ्चालक तथा ठेकेदार मनोज कुमार भेटवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससका सञ्चालक समेत रहेका भेटवाललाइ दिल्लीबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लनासाथ आज विहान पक्राउ गरेको हो।

    उच्च अदालत पाटनबाट बैकिङ कसुरको मुद्दामा फरार रहेका भेटवाललाई परिसरले खोजी गर्दै आएको थियो। ७५ लाख १० हजार रुपैयाँको बैकिङ कसुरको मुद्दामा उनी फरार रहँदै आएका थिए।



    यसअघि पनि भेटवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले एपेक्स बैंक घोटाला प्रकरणमा पक्राउ गरेको थियो।



    काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग सार्वजनिक निजी साझेदारीमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरिएको थियो। तर भेटवालले निर्माण कार्य नै राक्दै आएका छन्।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार