काठमाडौं । कालिकोट र सिन्धुपाल्चोकमा भीषण पहिरो जाँदा ठुलो संख्यामा मानबिय क्षती भएको छ। कालिकोटको महाबै गाउँपालिका वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्दारकार्य जारी छ ।
त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा पहिरो खस्दा कम्तीमा २१ घर पहिरोले पुरिएको छ। पहिरोमा परी ४० भन्दा बढी व्यक्ति बेपत्ता भएको स्थानीयबासीले जनाएका छन्।
सिन्धुपाल्चोकको लप्सीचौर भन्ने स्थानमामा २५–३० घरहरु जोखिममा छन् । अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन । दुबै ठाउँका घटनाको पूर्ण विवरण आउन बाँकी छ।
Leave a Reply