Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – रुग्ण उद्योग नेपाली सेना र निजी क्षेत्रलाई सञ्चालन गर्न दिन्छौं

    प्रधानमन्त्री प्रचण्डले भने – रुग्ण उद्योग नेपाली सेना र निजी क्षेत्रलाई सञ्चालन गर्न दिन्छौं

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 606
    SHARES

    वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने सरकारले संकल्प गरेको बताएका छन्।

    पर्साको वीरगञ्जमा सुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समिति र राष्ट्रिय परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योगलगायत रुग्ण रहेकालाई अघि बढाउने योजना सरकारको रहेको उनको भनाई छ ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘हिजोमात्रै दुई वटा नयाँ काम अघि बढाउने निर्णय गरेका छौं । कतिपय निजी र सार्वजनिक सहकार्य र कतिपय नेपाली सेनालाई सञ्चालन गर्न दिने ठोस निर्णय भएको छ। यसको परिणाम एक साताभित्र नै राष्ट्रले देख्नेछ । यो सरकारले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने संकल्प गरेको छ ।’

    प्रधानमन्त्री प्रचण्डले यो पटक सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सानोतिनो क्रान्ति ल्याउन खोजेको दाबी गरे ।

    त्यसको सुरुवात केही दिनअघि अध्यादेश ल्याएर राष्ट्रपतिबाट अनुमोदन भइसकेको उनको भनाइ छ।

    उनले नेपाललाई नयाँ युगतिर लिने काम अहिलेको सरकारले गरिरेको पनि दाबी गरे । तर, त्यसका विरुद्ध चौतर्फी आक्रमण भइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार