Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • आईसीसी यू–१९ विश्वकप

    सुपर सिक्समा नेपालको प्रतिद्वन्द्वी बंगलादेश र भारत, सेमिफाइनल यात्रा कठिन

    सुपर सिक्समा नेपालको प्रतिद्वन्द्वी बंगलादेश र भारत, सेमिफाइनल यात्रा कठिन

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 3.4K
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुगेको नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ ।

    ‘सुपर सिक्स’ चरणमा नेपाल र बंगलादेशबीचको खेल आगामी बुधबार खेल्न लागिएको हो । सुपर सिक्समा नेपालले अर्को खेल शुक्रबार भारतसँग खेल्नेछ ।



    नेपालले यी दुवै खेलमा जिते पनि शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना कठिन देखिन्छ । सुपर सिक्स १ मा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् ।



    सुपर सिक्स २ मा अष्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् ।समूह चरणमा आफूले हराएको टोली सुपर सिक्समा पुगेको खेलको मात्रै अंक गणना हुन्छ ।

    तर नेपालले हराएको अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो । त्यसैको कारण सुपर सिक्समा नेपालको अंक नहुँदा सेमिफाइनल सम्भावना कठिन बनेको हो ।

    पाकिस्तान र भारत दुवै समूह डी र ए का विजेता बन्दै सुपर सिक्समा ४-४ अंकका साथ आएका छन् । न्युजिल्यान्ड र बंगलादेश २-२ अंकका साथ आएका छन् ।

    नेपाल र आयरल्यान्ड भने अंक विहीन हुँदै आएका छन् । यदि पाकिस्तान र भारतले एक/एक खेल जितेको खण्डमा पनि ६–६ अंकमा पुग्नेछन् ।

    अर्कोतर्फ नेपालले दुवै खेल जितेपनि ४ अंकमा मात्रै पुग्न सक्छ । भारत र पाकिस्तानले दुवै खेल हारेको खण्डमा उता न्युजिल्यान्ड र बंगलादेशको नतिजा पनि हेर्नुपर्छ । त्यसैले गर्दा दुवै खेल जितेपनि नेपाल सेमिफाइनलमा सीधै पुग्न सक्दैन ।

    अन्य टोलीको नतिजा र नेटरनरेटमा धेरै भरपर्नुपर्छ । जसले गर्दा नेपालको सेमिफाइनल यात्रा कठिन देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार