Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • एमाले वर्तमान गठबन्धन सरकारलाई भत्काउन उद्धत छ : माधव नेपाल

    एमाले वर्तमान गठबन्धन सरकारलाई भत्काउन उद्धत छ : माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 552
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले वर्तमान गठबन्धन सरकारलाई भत्काउन उद्दत रहेको बताएका छन् ।

    आइतबारदेखि सुरु भएको पार्टीको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    उनले एमालेले अत्यन्तै गैह्रजिम्मेवार ढंगले नकारात्मक भूमिका खेलिरहेको आरोप लगाए । उनले प्रतिपक्षमा रहेका दलहरूले जस्तासुकै विषयमा पनि सदन अवरुद्ध गर्दै आएको बताए ।



    पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पछिल्लो समय मुलुकमा सरकारको स्थिरता र राजनीतिक स्थिरताबारे प्रश्नहरू उठिरहेको बताए । उनले सदनभित्र विभिन्न विरोधी शक्तिहरूका कारण मुलुकमा अस्थिरता पैदा भइरहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार