Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • चिनियाँ उपमन्त्री हाइयानले भनिन् – केही देशले नेपाल-चीन सम्बन्धमा भाँजो हाल्न खोजेका छन्

    चिनियाँ उपमन्त्री हाइयानले भनिन् – केही देशले नेपाल-चीन सम्बन्धमा भाँजो हाल्न खोजेका छन्

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 486
    SHARES

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन्।

    काठमाडौंमा राजनितिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको बताउँदै केहीले यस्तो देख्न नचाहेको बताएकी हुन् ।



    हाइयानले भनिन्, ‘हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं । किनभने केही देशहरु हाम्रो सम्बन्धमा भाँजो हाल्न चाहिरहेका छन्।’



    अहिले गुटहरू बनाउने, क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको बताउँदै उनले त्यसलाई चिर्दै चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेको बताइन् ।

    वर्तमान समयमा धेरै किसिमका सहमति र समझदारीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै उनको भनाइ छ ।

    उनले नेपालमा चिनियाँ पर्यटकहरू आइराखेको बताउँदै नेपालमा थप पूर्वाधार विकास आवश्यक रहेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार