Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न ट्रेड युनियन कांग्रेसकाे माग

    पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न ट्रेड युनियन कांग्रेसकाे माग

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले वरिष्ठ पत्रकार बलराम बानियाँको मृत्युबारे छानबिन गर्न माग गरेको छ । बाँनियाँको मृत्यु असामयिक रुपमा भएको भन्दै यसबारे उब्जिएका आशंकाको छानविन गर्न ट्रेड युनियन कांग्रेसले माग गरेको हो ।

    युनियनका महासचिव योगेन्द्र कुँवरले बिहीबार विज्ञप्ती जारी गर्दै ३ दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार मकवानपूरको एउटा जलविद्युत् आयोजनामा भेटिनु र सनाखत समेत फोटोको माध्यमबाट गरिनुले प्रश्न उब्जाएको जनाइएको छ । मुलुकमा व्याप्त बेतिथि र भ्रष्टाचारविरुद्ध कलम चलाउने इमान्दार र निष्ठावान पत्रकार नै यस्तो अवस्थामा देखिनुलाई युनियनले सामान्य मान्न नसकिने बताएको छ ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार