Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रामेछापको मन्थली नगरपालिकाकाे कार्यालय सिल

    रामेछापको मन्थली नगरपालिकाकाे कार्यालय सिल

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.8K
    SHARES

    काठमाडाैं । रामेछापले मन्थली नगरपालिकाकाे कार्यालय सिल गरिएकाे छ । नगरपालिकाका एक कर्मचारीसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले नगरपालिकाे कार्यालय सिल गर्ने निर्णय गरेको हाे । अर्का सूचना नआएसम्मका लागि मन्थली नगरपालिकाे कार्यालयलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएकाे छ ।

    प्रशासन कार्यालय रामेछापद्वारा जारी सूचनामा भनिएको छ, कोरोना संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउनु हुने सम्पूर्ण व्यक्तिहरुको पहिचान गर्ने कार्य शीघ्र रुपमा भइरहेको छ, मन्थली नगरपालिकाबाट १४ दिनमा सेवा लिनु हुने सम्पूर्ण सेवाग्राहीहरुलाई नगरपालिकाको स्वास्थ्य शाखाको कर्मचारीहरुसँग सम्पर्क गर्न आग्रह गरेका छ ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार