Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • भन्सार कार्यालयबाटै मदिरा गायव, कर्मचारीले चोरी गरेर पिएको पुष्टि

    भन्सार कार्यालयबाटै मदिरा गायव, कर्मचारीले चोरी गरेर पिएको पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 4.4K
    SHARES

    काठमाडौं । कपिलवस्तुको कृष्णनगर भन्सारमा मदिरा काण्ड बाहिरिएको छ । जाँचपासका लागि नियन्त्रणमा लिइएको विदेशी मदिरा भन्सारकै कर्मचारीले चोरेर पिएको प्रारम्भिक छानबिनबाट खुलेको छ ।

    भारतबाट फर्किएका लाहुरेहरूको साथबाट गत साता ६० बोतल मदिरा भन्सारले जाँचपासका लागि भनेर नियन्त्रणमा लिएको थियो । त्यसमध्ये ८ वटा मदिरा चोरी गरी कर्मचारीले पिएको पुष्टि भएको छ । तर, माथिल्लो निकायलाई जानकारी नदिई सो प्रकरण डिसमिस गराउने प्रयास भइरहेको छ ।



    कर्मचारीहरूकै निर्देशनमा सो मदिरा चालक वीरेन्द्र यादवले निकालेर वितरण गरेका थिए । भन्सार कार्यालय स्रोतका अनुसार भन्सार अधिकृत बासुदेव नेपाल, नासु सुर्य रेग्मी र रेवती गिरीलाई आफूले मदिरा दिएको उनले बताएका छन् ।



    ताल्चा फोलेर त्यसरी मदिरा निकालिएका थिए । तर, अर्का कार्यालय सहयोगी करण यादवलाई फसाएर मुख्य कर्मचारीलाई जोगाउने प्रयास भइरहेको स्रोत बताउँछ ।

    सो मदिरा जाँचपासका लागि निकाल्न कर्मचारी भोजराज रेग्मीले कार्यालय सहयोगी करण यादवलाई भनेकोमा उनले ताल्चा लगाइएको ढोका खुला रहेको र मदिरा चोरी भएको जानकारी गराएका थिए ।

    यस सम्बन्धमा भन्सार प्रमुख मान बहादुर पौडेलले प्रारम्भिक छानबिन गर्दा कर्मचारीले नै मदिरा लगेको पुष्टि भइसकेको छ । तर, सोझा लाहुरेहरूलाई फकाएर कतै उजुरी नगर्न भनिएको छ ।

    आफ्नो पद नै धरापमा पर्ने भएपछि भन्सार प्रमुख पौडेलले घटना लुकाएको एक कर्मचारीले बताए । कृष्णनगर भन्सारमा तस्करीको सेटिङ रहेकाले लक्ष्यअनुसार भन्सार उठाउन सकेको छैन । यसमा भन्सार प्रमुख पौडेलकै मिलेमतो रहेको स्रोत बताउँछ ।

    हाल मदिरा काण्डमा मुछिएका नासु सूर्य रेग्मी यसअघि नेपालगञ्जमा हुँदा निलम्बनमा परेका थिए । फेरि सेटिङ मिलाएर भन्सारमै पुगेका उनी पुरानै धन्दामा सक्रिय छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार