Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रवि लामिछानेको दाबी – आगामी निर्वाचनमा रास्वपाले बहुमतको सरकार बनाउँछ

    रवि लामिछानेको दाबी – आगामी निर्वाचनमा रास्वपाले बहुमतको सरकार बनाउँछ

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 564
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमतको सरकार बनाउने बताएका छन् ।

    भारतको नयाँ दिल्लीमा पार्टीको प्रवास समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।



    उनले अब आउने निर्वाचनमा रास्वपाले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने दाबी गरे ।



    विदेशमा रहेका नेपालीहरूले भोट हाल्न पाउने व्यवस्था गर्न रास्वपा सुरूदेखि नै लागिपरेको उनले बताए ।

    अहिलेको सरकारबाट त्यसमा विश्वस्त हुने अवस्था नरहेको पनि उनले स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार