Online Nepal
  • शनिबार, २० पुष २०८१
  • करिब तीन हजारलाई शहीद घोषणाको तयारी हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

    करिब तीन हजारलाई शहीद घोषणाको तयारी हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 774
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थप करिब तीन हजारलाई शहीद घोषणाको तयारी भईरहेको बताएका छन् ।

    शहीद प्रतिष्ठान नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी रहेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘यहाँ शहीद घोषणामा छुट भएको कुरा आयो । म तपाईहरुलाई जानकारी गराउन चाहन्छु कि सरकारले करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्दैछ । त्यसको तयारी भइरहेको छ । त्यो सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । म सबै शहीद र बेपत्ता परिवारका सदस्यहरुलाई पनि भन्न चाहन्छु–यो निर्णय आफैंमा सामान्य निर्णय होइन । यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ । युद्धलाई सम्मानित गरेको छ । र, शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा सम्मानित गरेको छ । र, हामी बाँचेकाहरुको एउटा ठूलो जिम्मेवारी यो निर्णयले पूरा गराएको छ ।’

    उनले त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए।

    प्रधानमन्त्री प्रचण्डले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए ।

    आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको उनको भनाइ थियो ।

    प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको योगदानलाई पनि सरकारले कदर गर्दै सक्दो पहल गरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार