Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • देवलाई तिलोत्तमा नगरपालिकाले ५० हजार पुरस्कार दिने

    देवलाई तिलोत्तमा नगरपालिकाले ५० हजार पुरस्कार दिने

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 630
    SHARES

    काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नेपाली क्रिकेट टोली यु-१९ का क्याप्टेन देव खनाललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ।

    शुक्रवार सम्पन्न आईसीसी यू–१९ विश्वकप २०२४ को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर ६ मा प्रवेश गरेपछि कप्तान खनाललाई सम्मान गर्ने निर्णय भएको तिलोत्तमा नगरपालिकाले जनाएको छ।



    तिलोत्तमा नगरपालिकाका अनुसार खनाल तिलोत्तमा नगरपालिकाका बासिन्दा भएको र उनको कप्तानीमा खेल सुपर ६ मा प्रवेश गरेकोले पुरस्कार स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।



    यसअघि पनि तिलोत्तमा नगरपालिकाले आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रर्दशन गरी नेपाललाई विजयी बनाउन भुमिका निर्वाह गरेका कुशल भुर्तेल, देव खनाल र मौसम ढकाललाई जनही ५० हजार नगद सहित सम्मान गरेको थियो।

    नेपालले समूह ‘डी’ को अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह ‘डी’मा तेस्रो बन्दै सुपर–६ मा पुगेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार