Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन परमादेश

    हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन परमादेश

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 570
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन परमादेश जारी गरेको छ ।

    न्यायाधीश डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले एयरलाइन्सको माग अनुसार रिटमा परमादेश जारी गरेको हो ।



    नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा अदालतले परमादेश जारी गरेको हो । सर्वोच्चले आदेशको पूर्ण पाठ भने सार्वजनिक गरेको छैन ।



    सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले निवेदकको माग दाबी अनुसार परमादेश जारी भएको बताए । उनले भने, ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङको विवादमा इजलासबाट परमादेश भएको छ ।’

    विमान कम्पनीले आफ्नो हकमा ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था अनुसार प्राधिकरणले २०७७ असोजमा सुविधा पाएको थियो ।

    तर पर्यटन मन्त्रालयले एयरलाइन्स कम्पनीको प्राविधिक पक्षसमेत विश्लेषण गरेर मात्र निर्णय कार्यान्वयनको निर्देशन प्राधिकरणलाई दिएपछि सुविधा कार्यान्वयन रोकिएको थियो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार