Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राष्ट्रिय फुटबल टीमका सवै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

    राष्ट्रिय फुटबल टीमका सवै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । राष्ट्रिय फुटबल टीमका सवै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। कतार विश्वकप–२०२२ र एसियन कप फुटबल छनोट खेल खेल्ने राष्ट्रिय टिमका सवैको रिपोर्ट नेगेटिभ आएको नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

    लगनखेलस्थित पाटन अस्पतालमा सोमबार र मंगलबार स्वाब संकलन गरिएका ३४ खेलाडीको रिपोर्ट आएको एन्फाले जनाएको छ। प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ५३ जनाको रिपोर्ट नेगेटिभ आएको हो।



    तर, एक जनाको भने फेरि परीक्षण गराउनेपर्ने एन्फाले जनाएको छ। असोज र कात्तिकमा छनोट खेल खेल्ने तयारी अनुरुप कोरोना परीक्षण गरिएको हो। तर, प्रतियोगिता भने स्थगित भइसकेको छ। कोरोना महामारीका कारण गएको छनोट खेल स्थगित भएको थियो। असोजमा चाइनिज ताइपे र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग घरेलु मैदान दशरथ रंगशालामा खेल हुने तय भएको थियो। तर, छनोट खेल भने सन् २०२१ का लागि स्थगित भइसकेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार