काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपाली कप्तान देव खनालले अर्धशतक हानेका छन् ।
उनले ७३ बलको सामना गर्दै ७ चौकाको मद्दतमा अर्धशतकीय पारी पूरा गरेका हुन् ।
लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई चौथो क्रममा आएका खनालले जिततर्फ अघि बढाएका छन् ।
अफगानिस्तनले पहिले ब्याटिङ गर्दै दिएको १ सय ४६ रनको लक्ष्य अहिले नेपालले पछ्याइरहेको छ ।
कप्तान खनालकै प्रेरणामा नेपालले ३३ ओभर खेल्दै ६ विकेटको क्षतिमा ११८ रन बनाएको छ ।
Leave a Reply